मतगणना अपडेट: काठमाडौंसहित ६ महानगरमा केही बेरमै गणना सुरु

काठमाडौं- काठमाडौं महानगरपालिकामा केही बेरमै मतगणना सुरु हुँदैछ। एकसाथ पाँच वडा वडाबाट मतगणना सुरु हुनेछ। वडा नम्बर १ र बत्तीसबाट एकसाथ मतगणना सुरु गर्ने तयारी छ। काठमाडौं महानगरको मतगणना राष्ट्रियसभा गृह भृकुटीमण्डपमा हुनेछ। काठमाडौ, ललितपुर, पोखरा, वीरगन्ज, भरतपुर र विराटनगर महानगरपालिकामा मतगणना सुरु गर्ने तयारी भइरहेको छ। काठमाडौंमा हिजो राति बसेको सर्वदलीय बैठकको निर्णयअनुसार आज […]

सम्बन्धित सामग्री

काठमाडौं महानगर मतगणना अपडेट : ३७ हजार ७५१ मतगणना गर्न बाँकी

निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार काठमाडौं महानगरपालिकामा खसेको मतमध्ये ८०.२४ प्रतिशत गणना भइसकेको छ ।  गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा १ लाख ९१ हजार ५१ मत खसेको थियो । खसेको मतमध्ये हालसम्म १ लाख ५३ हजार ३०० मतगणना गरिसकिएको छ । यो भनेको खसेको कूल मतको ८०.२४ प्रतिशत हो । अब ३७ हजार ७५१ मतगणना गर्न बाँकी रहेको छ ।  आयोगका अनुसार हालसम्म भएको मतगणनाअनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजार ७५० मत प्राप्त गर्दै सु

मतगणना अपडेट : भरतपुर महानगरमा तीन हजारभन्दा बढीे मतान्तरले रेनु अगाडि

भरतपुर महानगरपालिकामा मतगणना भइरहेको छ । ४७ हजार ५११ मतगणना हुँदा पाँचदलीय गठबन्धन गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहालले  तीन हजारभन्दा बढीे मतान्तरले अग्रता लिएकी छिन् ।  दाहालले १७ हजार ९७२ मत ल्याएकी...

भरतपुर महानगरमा मतगणना अपडेट : रेनुले ९२ मतले उछिनिन् विजय सुवेदीलाई

काठमाडौं, ३ जेठ । भरतपुर महानगरपालिकामा मतगणना जारी छ । मेयरमा नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले ९२ मतले अग्रता लिएकी छिन् । हालसम्म १८ हजार ५ सय ८३ मत गणना भएको छ । रेनुले ६ हजार २ सय ७ मत ल्याउँदा एमालेका मेयरका उम्मेद्धवार विजय सुवेदीले ६ हजार १ सय १५ प्राप्त गरेका छन् […]

भरतपुर महानगर मतगणना अपडेट : रेनुले विजय सुवेदीसँग मतान्तर बढाईन्

काठमाडौं, ३ जेठ । भरतपुर महानगरमा मतगणना जारी छ । अहिलेसम्म १८ हजार ४७ मत गणना हुँदा मेयरमा नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले अग्रता लिएकी छिन् । उनले ६ हजार १९ मत पाउँदा नेकपा (एमाले) का विजय सुवेदीले भने ५ हजार ९ सय ५६ मत प्राप्त गरेका छन । दाहाल र सुवेदीबीच सुरुदेखि नै […]

भरतपुर महानगरको मतगणना अपडेट : रेनु दाहाल ३ मतले अगाडि, विजय पछि परे

काठमाडौं, १ जेठ । भरतपुर महानगरमा मतगणना जारी छ । अहिलेसम्म ८०८५ मत गणना हुँदा सत्ता गठबन्धनबाट मेयरकी उम्मेद्धवार रेनु दाहालले २९१८ मत प्राप्त गरेकी छिन् । उता, एमाले राप्रपाका साझा उम्मेद्धवार विजय सुवेदीले २९१५ मत ल्याएका छन् । स्वतन्त्र उम्मेद्धवार जगन्नाथ पौडेलले भने ९२४ मत ल्याएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीे ३१९६ मत […]

ललितपुर महानगरमा चिरिबाबुको दोब्बर अग्रता

ललितपुर महानगरपालिकाको मेयरका उम्मेदवार चिरिबाबु महर्जनले दोब्बर अग्रता लिएका छन्। पछिल्लो मतगणना अपडेट अनुसार महर्जनले ८ सय ७७ मत प्राप्त गरेका छन्। सोहि अवधिमा एमालेका हरिकृष्ण व्यञ्जनकारले ४ सय २ मत...

भरतपुर महानगरमा रेनुले अग्रता बढाइन्, यस्तो छ पछिल्लो मतगणना अपडेट

भरतपुर । भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहाल अग्रता लिएकी छन् । पछिल्लो मतपरिणाम अनुसार उनले २५८१ मत गणना हुँदा रेनुको ९८० मत रहेको छ ।

भरतपुर महानगरमा रेनु र विजयको मत बराबर (पछिल्लो मतगणना अपडेट)

भरतपुर । भरतपुर महानगरमा मेयरको मतगणना जारी रहेको छ । ४०० मत गनिसक्दा गठबन्धन र एमालेका उम्मेदवारले बराबर मत ल्याएका छन् ।

काठमाडौं महानगरमा मतगणना अपडेट : बालेन शाहको अग्रता कायमै

काठमाडौं, ३१ बैशाख। काठमाडौंको मेयरमा बालेन शाहले लिए अग्रता कायमै राखेका छन् । ७५ मत गन्दा स्वतन्त्र उम्मेदवार शाहले २२ मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसकी उम्मेद्धवार सिर्जना सिंहले १८ मत ल्याएर पछ्याएकी छिन् । एमालेका उम्मेद्धवार केशब स्थापित भने १३ मतसहित तेस्रो स्थानमा छन् । राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले भने ३ मत […]