माछापुच्छ्रे फेदीमा बाबुराम भट्टराईको भविष्य

कास्कीको ल्वाङ गाउँबाट उत्तर नियालेपछि अन्नपूर्ण माछापुच्छ्रे हिमालको मनमोहक दृष्य देखिन्छ। माछापुच्छ्रेको फेदीमा अहिले नयाँ शक्तिका देशैभरका नेता जम्मा भएका छन्। ल्वाङ गाउँको होमस्टेमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको पूर्ण बैठक बसिरहेको छ।

सम्बन्धित सामग्री

सुन्तलामा अज्ञात रोगको प्रकोप, कृषक चिन्तित

पुस १४, पर्वत । अज्ञात रोगका कारण विगत तीन वर्षदेखि धमाधम सुन्तलाका बोट मर्न थालेपछि पर्वतको एक गाउँका कृषक समस्यामा परेका छन् ।  फूल फुल्ने र फल पाक्ने बेला रोगको संक्रमण फैलिँदा पर्वतको मोदी गाउँपालिका वडा नंं २ देउपुरका कृषक पछिल्लो ३ वर्षयता समस्यामा परेका हुन् । पाकेको फल धमाधम झरेकाले अहिले बोटमा फलेको मध्ये २० प्रतिशत मात्रै सुन्तला विक्री गर्न सकिएको किसानहरू बताउँछन् ।  सुरुमा केही बोटमा देखिएको यो समस्या यो वर्ष भने गाउँभरि फैलिएको छ । स्थानीय माछापुच्छ्रे सुन्तला उत्पादक सहकारीका अध्यक्ष दाताराम चापागाईंका अनुसार दुई वर्ष अघि तल्लो दोबाटो गाउँमा देखिएको बोट मर्ने र फल झर्ने समस्या विस्तारै फैलदै गएको हो । ‘गतवर्ष कडेन आसपासका बगैंचामा यो समस्या देखिएको थियो,’ उहाँले भने, ‘अहिले सर्दै गएर गाउँभरी भएको छ ।’ उनका अनुसार सुन्तलामा २ प्रकारको रोग देखिएको छ । ‘टाइफुलेट’ जातको भाले किराले सुन्तलाको फूल र चिचिला झार्ने र पाक्ने बेलामा पनि ‘ग्रिन सिटासिल्ला’ नामको भाइरसका कारण फल झर्ने समस्या देखिएको छ । फूल लाग्ने समयमा देखिएको समस्या समाधानमा किसानले हदैसम्मको प्रयास गरेपनि सम्भव हुन सकेको छैन । कृषि प्राविधिकका अनुसार ‘फेरामेन ट्रयाप’ मा ‘मिथाइल युजिल’ मिलाएर राख्दा टाइफुलेट मर्थ्यो । ‘दुई वर्षयता त्यो उपाय पनि काम लागेन,’ चापागाईंले भने । प्राविधिकले ग्रिन सिटासिल्लालाई मानिसलाई लाग्ने एचआईभी एड्ससँग तुलना गर्दै यो समस्या समाधान नहुने बरु नयाँ बोट रोप्नेबाहेक अरु विकल्प नभएको बताउने गरेका छन् ।  वर्षौदेखि आर्थिक उपार्जनको मुख्य स्रोतको रुपमा रहेको सुन्तलाखेतीबाट आम्दानी घटेपछि किसानहरू चिन्तित बनेका छन् । पहेँलपुर हुने यो सिजनमा रित्ता बोट छन्,’ स्थानीय बाबुराम बाबुराम तिमिल्सिनाले भने, ‘झरेर अलिअलि बचेकुचेका गेडा पनि बाँदर आएर सखाप पारिदियो ।’  स्थानीय अगुवा किसान भूमिराज शर्माका अनुसार कुनै बेला देउपुरमा मात्रै रू.३ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन हुन्थ्यो । ‘अहिले गाउँभरि रू..५० लाखको पनि सुन्तला छैन,’ उनले भने, ‘यो गाउँमा मात्रै ७०० मध्ये झण्डै ४०० परिवारले व्यावसायिक सुन्तलाको खेती गर्दै आएका छन् ।’ सुरुसुरुमा सुन्तला बजारसम्म पु¥याउन समस्या थियो ।  पछिल्लो ३ वर्ष भयो गाउँसम्मै कालोपत्र सडक पुगेको छ । यातायातको पहुँच सहज भएसँगै किसानहरूले सुन्तलामा भविष्य देखे । व्यवसायिक सुन्तला खेतीमा लाग्नेको संख्या पनि बढ्दै गएपनि किसानले आफूखुसी बिरुवा ल्याएर रोप्न थालेपछि समस्या आएको हो । खेती विस्तार गर्ने र छिटो आम्दानी लिने लोभमा कृषि प्राविधिकले सिफारिस नगरेका र प्रमाणित नभएका जात र स्थानबाट बिरुवा ल्याउँदा यी रोगसमेत भित्रिएको कतिपय किसानको बुझाइ छ ।  ‘कतैबाट प्रमाणित भएको त छैन,’ सहकारी अध्यक्ष चापागाईं भन्छन्, ‘कृषि अनुसन्धान परिषद् र प्राविधिकले सिफारिस नगरेका बिरुवा ल्याएर लगाउन शुरु गरेपछि यस्तो समस्या देखिएको हो ।’ यो समस्या लिएर नार्कसम्म पुग्दा समेत समाधान पहिल्याउन नसकिएको उनले बताए ।  अब गाउँभरिका पुराना सबै बोट हटाएर नयाँ र रोग सहन सक्ने जातका बोट नलगाए देउपुरलाई सुन्तलाको नामले चिनाउन नसकिने अगुवा किसानको भनाइ छ । कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख मनिता थापाले सुन्तलामा देखिएको यस्तो समस्या एकैपटक समाधान हुन नसक्ने बताइन् ।  सुन्तलाको बिउ, बिरुवा उत्पादनदेखि फल लाग्ने बेलासम्मको मौसम, जलवायु परिवर्तनलगायतका कारण यस्तो समस्या देखिएको हुन सक्ने उनको भनाइ छ । उनले यो समस्यावारे निरन्तर अध्यनन भइहेको बताइन् ।

छाँगामा भविष्य खोज्दै

कास्कीको माछापुच्छ्रे गाउँपालिकाका भक्तबहादुर बिक सानैदेखि प्रकृतिसँग नजिक हुन चाहन्थे । पौडीलगायत साहसिक खेलमा रुचि राख्ने उनले सन २०१३ मा काठमाडौबाट क्यानोनिङ एक्सप्लोर गर्न पोखरा पुगेको टोलीलाई भेटे ।