हिउँ परेपछि होटल व्यवसायी र किसान खुसी

म्याग्दी : हिमपात भएपछि म्याग्दीका होटल तथा पर्यटन व्यवसायी र किसान खुसी भएका छन्। म्याग्दीका पर्यटकीय क्षेत्रमा हिमपात भएपछि हिउँमा रमाउन आन्तरिक पर्यटकहरुको घुइँचो लागेको छ। हिउँमा रमाउन पर्यटक आएपछि होटल व्यवसायीहरु पनि दंग परेका छन्।म्याग्दीका पर्यटकीय क्षेत्र टोड्के, घोडेपानी, गाजने, मालिकाको धुरी, मुनालगायतका ठाउँमा भएको हिमपातमा रमाउन आन्तरिक पर्यटकहरु पुगेका छन्। पर्यटकहरु पुगेपछि ती क्षेत्रको व्यापार व्यवसाय बढेको स्थानीय व्यापारी तीर्थ पाइजाले बताए।हिमपातसँगै जाडो भए पनि हिमपातको