नेपाल एसबीआई बैंकको वार्षिकोत्सव : वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरण

काठमाडौं (अस) । नेपाल एसबीआई बैंकले २८ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरण गरेको छ । बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले वीर अस्पताल कोभिड एकीकृत केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे । उक्त अवसरमा वीर अस्पतालका उपनिर्देशक डा. आशीष ढुंगाना, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख सञ्चालन अधिकृत यादभेंद्र कान्त, सल्लाहकार छपिराज पन्त तथा अस्पताल तथा बैंकका अन्य कर्मचारी सहभागी थिए ।