दैलेखको राकममा जोडियो विद्युतको प्रसारण लाईन

दैलेखको आठबिस नगरपालिकाको केन्द्र राकम कर्णालीमा पहिलोपट विद्युतको राष्ट्रिय प्रसारण लाईन जडान गरिएको छ। दैलेखको दुल्लुबाट जम्बुकांध हुँदै तिलेपाटा देखि राकम कर्णालीमा ११ के.भि विद्युतको राष्ट्रिय प्रसारण लाईन जडान गरीएको हो।...

सम्बन्धित सामग्री

न्यादीको विजुली राष्ट्रिय प्रणालीमा जोडियो

लमजुङको न्यादीखोलामा निर्माण सम्पन्न ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन सुरु भएको  छ । गत वैशाखदेखि परीक्षण उत्पादन सुरु गरेको सो आयोजनाले २७ वैशाखदेखि उत्पादित विद्युत शुल्क पाउने गरी सम्झौता गरेको छ। प्राविधिक व्यवस्थापनका कारण सम्झौता गर्न ढिलाई भएपनि प्राधिकरणले साविक मितिबाट नै उत्पादित विद्युतको शुल्क तिर्ने गरी सम्झौता भएको न्यादी जलविद्युत आयोजनाका कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । आयोजनाको बिजुली २२० केभी मर्स्याङ्दी करिडोर प्रसारण लाइन अन

दोलखाबाट पाँच सय मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा जोडियो

दोलखा-माथिल्लो तामाकोसी जलविद्युत आयोजना ४५६ मेगावाटको सबैभन्दा ठूलो जलविद्युत आयोजना गत वर्ष विद्युतको राष्ट्रिय प्रणालीमा जोडियो । वर्षात्का बेलासमेत भारतबाट खरिद गरेर वितरण गरिरहेको बेला माथिल्लो तामाकोसी सहितका आयोजना पूरा भएपछि गत वर्षको वर्षात्मा पाँच सय मेगावाट विद्युत खेर गयो ।तर यही बेला औद्योगिक क्षेत्रमा समेत पहिलो पटक १३२ केभी प्रसारण लाइनमार्फत विद्युत जोडिँदै आएको […]

राष्ट्रिय प्रसारण लाइनमा जोडियो दोलखाको पर्यटकीय क्षेत्र बेदिङ

मंसिर,२५, दोलखा । दोलखाको गौरिशंकर गाउँपालिका वडा नम्बर ९ मा रहेको प्रसिद्ध पर्यटकिय स्थल बेदिङ गाउँ राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनास्थलबाट करीब २४ किलोमिटर लामो प्रसारण लाइन बेदिङ पुर्‍याएपछि पर्यटकीय सो गाउँ  राष्ट्रिय प्रसारणमा जोडिएको हो । नेपाल विद्युत् प्राधिकरणले खम्बा ढुवानी गरेर कठिन भू- धरातल भएपनि बेदिङमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याएको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका प्रमुख मेघनाथ ढकालले जानकारी दिए । ट्रान्सफर्मर जडानलगत्तै स्थानीयलाई मिटर बक्स वितरण गरिने ढकालको भनाइ छ । हिम आरोहिको गाउँको रुपमा चर्चित बेदिङ छो–रोल्पा हिमतालको फेदीमा रहेको छ ।  समुद्री सतहबाट ३ हजार ७२१ मिटर उचाइमा रहेको बेदिङमा भएको लघु जलविद्युत् आयोजना एक दशकदेखि बिग्रिएर बन्द अवस्थामा थियो । पर्यटकीय गाउँको रूपमा प्रसिद्धि कमाएको बेदिङमा  ८५ घरधुरीको बसोवास रहेको छ । उज्यालोकोलागि अहिलेसम्म स्थानीयहरु सौर्य उर्जामा निर्भर थिए ।  नेपाल विद्युत् प्राधिकरण दोलखा शाखाका अनुसार १ हजार १०० केभीको प्रसारण लाइन बनाउन ३९० ओटा खम्बा (पोल) गाडिएका छन् । जसका लागि ३ करोड रुपैयाँ लगानी भएको छ । राष्ट्रिय प्रसारण लाइन पुगेर बिजुली बाल्न पाउने  भएपछि आफूहरु खुसी भएको बेदिङका  स्थानीयहरुले बताएका छन् । गौरिशंकर हिमालको काखमा अवस्थित बेदिङ सगरमाथा चढ्ने शेर्पा समुदायको बस्ती हो । यहाँ घरैपिच्छे सगरमाथा आरोहीहरु छन् । च्छोरोल्पा जाने बाटो यहींबाट पर्दछ । एक दिनको पैदल दूरीमा छो–रोल्पा हिमताल पुग्न सकिन्छ ।  बेदिङमा रहेका हरेक घर होटलको रुपमा सञ्चालित छन् । स्थानीयहरुको आयआर्जन बढाउनकालागि गौरिशंकर संरक्षण क्षेत्रले पनि बेदिङमा होमष्टे सञ्चालन गर्न मद्दत गरिहेको छ ।  बेदिङ  छो–रोल्पा हिमताल र रोल्वालिङ उपत्यका भ्रमणमा जानेहरुको बास बस्ने मुख्य थलो हो । बेदिङभन्दा माथि ना गाउँ  पर्दछ । चिसो बढेपछि जाडो छल्न मानिसहरु ना गाउँबाट बेदिङ झर्ने गर्दछन् । पर्यटकीय क्षेत्र भएकोले सो क्षेत्रमा नेपाल टेलिकम दोलखाले केही वर्ष अघि नै जीएसएम टेलिफोन सेवा सञ्चालनमा विगत ल्याइसकेको छ । विद्युतको पहुँच पुगेपछि बेदीङको जनजीवन सहज हुनाका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुने बेदीङवासीको आशा छ ।