केन्सिङ्टन बुक फेयरमा टहलिंदा

२३ अप्रिल, विश्व पुस्तक दिवस। यसै दिन १६औं केन्सिङ्टन बुक फेस्टिभल रहेछ, स्ट्रिट फेस्टिभलका रुपमा। मलाई लाग्यो, यो एउटा राम्रो दिन हो। सूचनामा लेखिएको थियो- बिहान ११ बजेदेखि ४ बजेसम्म। लाइभ म्युजिक। लेखक र तिनका रचना तथा कविता वाचन। केटाकेटीका कार्यक्रम। धेरै भाषाका किताब। घाम लागे पनि, पानी परे पनि। अमेरिकामा भन्ने चलन छ, ‘रेन अर […]