काँग्रेसले १२३ वटा सरकारी समिति, आयोग, बोर्ड र परिषद् खारेज गर्ने

नेपाली काँग्रेसले सरकारी खर्च कम गर्न कम महत्वका सरकारी बोर्ड, परिषद, विकास समिति, आयोग जस्ता संरचना खारेज गर्ने भएको छ । सरकारी राजस्वले चालु खर्च धान्न नपुग्ने अवस्था सिर्जना हुन लागेको भन्दै काँग्रेसले यस्तो प्रतिवद्धता जनाएको हो ।काँग्रेसले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा यस्तो उल्लेख छ । यसका लागि काँग्रेसले सार्वजनिक खर्च पुनरावलोकन आयोगले गरेको सिफारिसलाई आधार बनाउन लागेको छ ।‘सार्वजनिक खर्चको निर्मम समीक्षा गर्दै पछि

सम्बन्धित सामग्री

राजाका पालादेखिका पशुपतिका १०० भन्दा बढी सल्लाहकार खारेज

काठमाडौँ : पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त भएका सल्लाहकार खारेज भएका छन्। कोषको आज भएको परिषद् बैठकले यसअघि नियुक्त गरिएका सल्लाहकार खारेज गर्ने निर्णय गरेको हो।राजसंस्थादेखि नै विभिन्न समयमा नियुक्त भएका १ सयभन्दा बढी सल्लाहकार खारेज गरिएका पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ। परिषद् बैठकले पशुपति क्षेत्रमा मदिरा बिक्रीमा बन्देज लगाउने निर्णय गरेको छ भने पशुपति दर्शन गर्न आउनेहरुको सुरक्षाका लागि सुरक्षा चौकी निर्माण गर्ने निर्णय गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र : संवैधानिक परिषद् खारेज गर्ने

काठमाडौं– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले संवैधानिक परिषद् खारेज गर्ने वाचा गरेको छ । आसन्न निर्वाचनका लागि सार्वजनिक घोषणापत्रमा सो पार्टीले संवैधानिक परिषद् खारेज गर्ने बताएको हो । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको घोषणापत्रलाई वाचापत्र भनेको सो पार्टीले भनेको छ, ‘संवैधानिक परिषद् खारेज । राष्ट्रिय सभाको बहुमतले सिफारिस गरेको व्यक्तिहरूबाट प्रतिनिधिसभामा सुनुवाइ गरी […]

राष्ट्रिय स्वतन्त्र पार्टीको घषणापत्र: संवैधानिक परिषद् खारेज गर्ने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले संवैधानिक परिषद् खारेज गर्ने वाचा गरेको छ।...

गुरुयोजना विपरीत सञ्चालन गरिएको रिसोर्टको अनुमति खारेज

काठमाडौं : लुम्बिनी विकास गुरु योजना विपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको परिषद् बैठकले क्याम्पेन ग्राउन्डको जग्गा निजी कम्पनीलाई दिने गत वैशाख १९ गतेको निर्णय खारेज गरेको हो। गुरु योजना विपरीत क्याम्पेन ग्राउन्डमा ‘संसारा वेलनेस’ नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न दिइएको अनुमति खारेज गरिएको हो। परिषद् बैठक

शिक्षा मन्त्रालयद्धारा सीटीईभीटी खारेज गर्न अर्को कानूनको तयारी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) लाई खारेज गर्ने गरी अर्को ऐनको तयारी गरेको छ । मन्त्रालयले हालको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ऐन, २०४५ लाई खारेज गरेर प्राविधिक तथा व्यवसायिक शिक्षा र सीप विकास तालिम विधेयकको मस्यौदा तयार गरेको हो । यो विधेयक संसदबाट पारित […]

संवैधानिक परिषद् : देउवा र ओलीको भेट हुने थलो

पूर्ववर्ती ओली सरकारले अध्यादेशमार्फत संवैधानिक आयोगहरूमा गरेका नियुक्तिको अवस्था के होला भन्ने प्रश्न अदालतमा विचाराधीन छ । यही बेला देउवा सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरिदिएको छ । यो परिस्थितिमा अब बस्ने संवैधानिक परिषद् बैठकको दृश्य कस्तो होला ?यसअघि प्रधानमन्त्रीको हैसियतमा परिषद्को अध्यक्ष रहेका एमाले अध्यक्ष केपी शर्मा ओली अब विपक्षी दलको नेताको हैसियतले संवैधानिक परिषद् सदस्यको रूपमा रहनेछन् । यसअघि सदस्य रहेका शेरबहादुर देउवा अब  संवैधानिक परिषद् अध्यक्षको भूमिकाम

संवैधानिक परिषद् अध्यादेश खारेज, तर नैतिकता बोध नगरे पद खाली हुन्न

३ साउन, काठमाडौं । अघिल्लो ओली सरकारले मंसीर ३० गते जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश देउवा सरकारले खारेज गर्‍यो । प्रतिनिधिसभाको यो अधिवेशनको पहिलो बैठकमा अध्यादेश पेश हुने र त्यो असफल हुने निश्चित जस्तै भएको अवस्थामा सरकारले मन्त्रिपरिषद बैठकबाटै निर्णय गरेर अध्यादेश खारेज गरेको हो । सरकारको यो निर्णयसँगै पछिल्लो समय संवैधानिक निकायमा नियुक्ति […]

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

काठमाडौं। संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अध्यादेश खारेज गरेकी हुन्। मन्त्रिपरिषद्को आइतबारको बैठकले गरेको सिफारिस एवम् नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गरिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गरेको हो ।