काठमाण्डाै – काठमाण्डौ उपत्यकामा (बिहीवार) आजदेखि सुरु भएको निषेधाज्ञाका कारण हवाई मार्ग भएर काठमाण्डौ उपत्यका छाड्नेहरू बढेका छन् । सार्वजनिक यातायातबाट गएकाे तीन दिनदेखि काठमाण्डौ छाड्नेहरूको घुइँचो लागेको थियाे आजदेखि सार्वजनिक गाडी चलाउन राेक लगाएपछि आन्तरिक उडानमार्फत काठमाण्डौ छाड्नेहरू बढेका हुन् ।
यात्रुको चापका कारण काठमाण्डौबाट विभिन्न गन्तव्यका लागि जहाज कम्पनीहरूले अधिकतम भाडा तोकेका छन् । निषेधाज्ञामा पनि आन्तरिक उडान सञ्चालन गर्न दिने सरकारको निर्णयअनुसार आज प...