रुसले रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्छ : नेटो

उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले जैविक हतियार प्रयोगशालाको झुट बहानामा रुसले रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्ने बताएका छन् । ‘पछिल्ला दिनमा हामीले रसायनिक र जैविक हतियार प्रयोगशालाबारे बेतुकका दाबी सुनेका छौं’, जर्मनीको एउटा पत्रिकालाई अन्तवार्तामा उनले भने ।‘अहिले यी झूटा दाबी गरिएका छन् । हामी सतर्क हुनुपर्छ, किनकी रुस आफैंले यो बनावटी झूटअन्तर्गत रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्छ’ उनले भने । युक्रेनी जनताले साहसका स

सम्बन्धित सामग्री

रुसले रासायनिक हतियार प्रयोग गरे नेटोले कदम चाल्ने बाइडेनको चेतावनी

अमेरिकी राष्ट्रपति जो बाइडेनले क्रेमलिन (रुस)ले रासायनिक हतियार प्रयोग गरेमा नेटो जवाफ दिन बाध्य हुने चेतावनी दिएका छन् ।

बाइडेनले भने–रुसले रासायनिक हतियार प्रयोग गरे नेटोले जवाफ दिन्छ

एजेन्सी, ११ चैत्र । रुस–युक्रेन युद्धको आज ३०औं दिन हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले यस संकटमा बिहीबार ब्रसेल्समा नेटो शिखर सम्मेलनलाई सम्बोधन गरे। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध रासायनिक हतियार प्रयोग गरेमा नेटोले जवाफ दिने बाइडेनले बताए । नाटोले रूसले प्रयोग गर्ने हतियारको समान प्रकारको जवाफ दिनेछ। यससँगै शिखर सम्मेलनपछि बाइडेनले सञ्चारमाध्यमसँग भनेका छन् […]

रुसले रासायनिक हतियार प्रयोग गर्ने खतरा छ : नेटो प्रमुख

उत्तर एटलान्टिक सैन्य गठबन्धन (नेटो) प्रमुखले रुसले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्ने चेतावनी दिनुभएको छ ।  नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने र त्यो युद्ध अपराध हुने आज आइतवार जर्मन पत्रिकालाई दिएको अन्तर्वार्तामा बताउनुभएको हो । उहाँले रुस–युक्रेन युद्धमा रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने जोखिमबारे बोले पनि यसबारे संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद् बैठकमा तर्कसङ्गत आधार प्रस्तुत नभएको रुसी स्रोतले बताएको छ । यसैबीच स्टोल्टेनबर्गले रुसले पछिल्ला दिनहरूमा यु...

रुसले रासायनिक हतियार प्रयोग गर्न सक्छ : नेटो प्रमुख

२९ फागुन, काठमाडौं । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनमा सैन्य कारबाही सुरु गरेको रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने बताएका छन् । महासचिव स्टोल्टेनबर्गले जर्मन पत्रिका वेल्ट एम सोनटागसँगको एक अन्तर्वार्तामा रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने बताएका हुन् । रुसले रासायनिक हतियार प्रयोग गरे त्यो युद्ध अपराध हुने समेत […]

रुसले रासायनिक हतियार प्रयोग गर्ने खतरा छ : नेटो प्रमुख

सैन्य गठबन्धन नेटोका प्रमुखले रुसले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्ने चेतावनी दिएका छन् । नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले आइतबार रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने र त्यो युद्ध अपराध हुने बताएका हुन् । उनले जर्मन पत्रिकालाई दिएको अन्तर्वार्तामा रासायनिक हतियारको जोखिमबारे बोलेका हुन् । रुसले पछिल्ला दिनहरुमा युक्रेनले रासायनिक वा जैविक हतियार बनाइरहेको गलत […]