छिम्केश्वरी केबलकारको लागत तीन अर्ब दश करोड

तनहुँको सबैभन्दा अग्लो डाँडा छिम्केश्वरीमा केबलकार निर्माण गरिने भएको छ । रु तीन अर्ब दश करोड लागतमा छिम्केश्वरीमा केबलकार निर्माण गर्न लागिएको हो । पर्यटकीय नगरी बन्दीपुरमा केबलकारसहित पूर्वाधार निर्माण गरिरहेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले दोस्रो परियोजनाका रुपमा छिम्केश्वरीमा केबलकार निर्माण गर्न लागेको हो । समुन्द्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा छिम्केश्वरी अवस्थित छ ।छिम्केश्वरीमा केबलकार निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन तयार गरिएको बन्दीपुर केबलकार एण्ड टुरिजम