काठमाण्डाै – प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धनले रिटको तयारी गरिरहेका छन् । सामूहिक रूपमा सर्वाेच्च अदालतमा रिट दायर गर्न रिटलाई अन्तिम रूप दिने र सांसदहरूको हस्ताक्षर सङ्कलन गर्ने काम भइरहेको विपक्षी दलहरूले बताएका छन् ।
अहिले संसद् भवन नयाँ बानेश्वरमा हस्ताक्षर सङ्कलन भइरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाउने एक सय ४९ जनाकै हस्ताक्षर सङ्कलन गर्ने र त्यो नभए पनि बहुमत सांसदको हस्ताक्षर सङ्कलन गर्ने तयारीमा विपक्षी ग...