सहमति जुटाउन लोसपाद्वारा वार्ता टोली गठन

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रदेश नं २ को नामकरण र राजधानीको विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलसँग छलफल गर्न समिति गठन गरेको छ । लोसपा प्रदेश नं २ संसदीय दलले प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तोक्न सहमतिका लागि दलसँग छलफल गर्न प्रदेशसभा सदस्य रानी शर्मा तिवारीको संयोजकत्वमा सात सदस्यीय वार्ता समिति गठन गरेको छ ।