सबरिनाले पायो बेस्ट होटलको अवार्ड

काठमाडौँ- राजधानीको हात्तीगौँडास्थित  सबरिना होटल बेस्ट नेपाल होटल अवार्डबाट सम्मानित हुने भएको छ। वर्ल्डवाइड बेस्ट होटल डट कमले उक्त होटललाई उत्कृष्ट होटलको अवार्ड दिने सञ्चालकले जानकारी गराएका छन्। पुस १३ गते मंगलबार उक्त अवार्ड प्रदान गरिनेछ। छोटो समयमै आफ्नो होटलले ग्राहकहरुको मन जित्दै आएको सञ्चालकले बताए।