तनहुँ १ मा गोबिन्दराज जोशीले दिए उम्मेदवारी

तनहुँ- तनहुँ क्षेत्र नं. १ मा प्रतिनिधि सभा निर्वाचनको लागि कांग्रेस पूर्व सहमहामन्त्री गोबिन्दराज जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । जोशीको प्रस्तावकमा रामदेव पन्थ र समर्थकमा कृष्णप्रसाद सोती छन्।  २०७४ सालमा उनले उम्मेदवारी दर्ता गराए पनि रामचन्द्र पौडेलको उजुरीपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो। यस क्षेत्रबाट कांग्रेसले रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ। […]