राजमार्ग मर्मत नहुँदा नागरिकलाई सास्ती

सर्लाही खण्डको पूर्व–पश्चिम राजमार्ग मर्मत नहुँदा स्थानीय नागरिकलाई सास्ती भएको छ । राजमार्गको दर्जनौँ स्थानमा ठूल्ठूला खाल्डो परेका छन् । जिल्लाको चापिनी र लखन्देही खोलाको पुल समेत जिर्ण छ ।