बढी शुल्क लिने मेडिकल कलेजमाथि कारबाही गर्न गृह मन्त्रालयलाई सिफारिस

काठमाडौ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अध्ययनरत एमबिबिएस विद्यार्थीबाट बढी शुल्क लिने मेडिकल कलेजमाथि कारबाही गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको बताएका छन्।संयुक्त विद्यार्थी संगठनका नेताहरूलाई मन्त्रालयमा बोलाएर चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी शुल्क लिने मेडिकल कलेजका सञ्चालकलाई कारबाही गर्न गृहमन्त्राललाई सिफारिस गरेको बताए।‘मन्त्री पद गौण हो, म विद्यार्थीको पक्षमा छु’ मन्त्री पौडेलले भने, ‘विद्यार्थीको पक्षमा उभिँदा पद गए पनि केह