मेरो वरियता कांग्रेस कार्यकर्ताले दिएको मतले कायम गरिदिएको छ : डा. शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका मतदाताले दिएको मतले आफ्नो वरियता कायम भइसकेको बताएका छन् । १४आंै महाधिवेशनपछि पहिलोपटक गृहजिल्ला मोरङ आएका कोइरालाले विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै आफूलाई आएको मतदानले नै वरियता कायम गरिदिएको बताए । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले कोइरालालाई २०औं नम्बरको वरियतामा राखेको थियो । कार्यकर्ताको माया नै आफ्नो वरियता हुने उनले बताए ।  कोइरालाले सभापतिमा हार व्यहोर्नुमा आफ्नो पनि कमजोरी रहेको बताए । डा. शशांक कोइराला र सुजाता कोइराल...