सर्लाही गोली काण्ड : तीन भारतीयसहित चारजना पक्राउ

सर्लाही : सर्लाहीको बागमती नगरपालिका–१ मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाको सेवाकेन्द्रका प्रमुख साजन कार्कीलाई गोली प्रहार गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय मलंगवामा आज दिउँसो पत्रकार सम्मेलन गरी कार्कीलाई गोली हान्ने चारजना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको हो। पक्राउ परेकामध्ये तीनजना भारतीय नागरिक हुन्।उनीहरू भारत विहार राज्य शिवहर जिल्ला छपरा ग्रामपञ्चायतका १९ वर्षीय आलोक सिंह, विहार वैशाली जिल्ला सुल्तानपुर ग्रामपञ्चायतका १९ वर्षीय सौरभ