काठमाडौं : नेपाली कांग्रेस संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख सचेतक पदमा सांसद चित्रलेखा यादवलाई नियुक्त गरेका छन्। यादव पूर्व उपसभामुखसमेत हुन्।
यसैगरी, सचेतकमा पूर्व मन्त्री मीनबहादुर विश्वकर्मालाई नियुक्त गरिएको नवनियुक्त प्रमुख सचेतक यादवले जानकारी दिइन्। कांग्रेस संसदीय दलको प्रमुख सचेतक एक वर्षदेखि रिक्त थियो। यसअघि प्रमुख सचेतक…