उपमहानगरमा माओवादीले खाता खोल्यो, जितपुर सिमरामा पौडेल विजयी

बाराको जितपुर सिमरा उपमहानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका राजन पौडेल निर्वाचित भएका छन् । पौडेल १८७४३ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सरस्वतीदेवी चौधरीले १७७७९ मत प्राप्त गरेकी छन् ।त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका सञ्जयकुमार साहले ५३८२ मत प्राप्त गरेका छन् भने राप्रपाका माधवप्रसाद त्रिपाठीले १३०२ मत प्राप्त गरेका छन् ।