‘पार्टी फुटाउनेहरू सांसद रहिरहनुपर्ने, मन्त्री खाइरहनुपर्ने, यो भन्दा निर्लज्जता के हुन्छ ?’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहले पार्टी फुटाएर पनि सांसद र मन्त्रीमा लोभ देखाएर निर्लज्जता प्रस्तुत गरेको आरोप लगाएका छन् ।  न्यूज एजेन्सी नेपाललाई दिएको अन्तर्वार्तामा ओलीले माधव नेपाल समूहले षड्यन्त्रपूर्वक कानून परिमार्जन गरेर मन्त्री खाने लोभ गरेको आरोप लगाए । ‘मन्त्री हुनेबित्तिकै पार्टीले निकाल्छ भनेर कानून नै परिवर्तन गर्न मिल्छ ? मन्त्री पनि खाने, सांसद पनि रहने पार्टीबाट निष्कासित पनि नहुने, यस्तोलाई के शब्द बोल्ने ? निर्लज्जता, पदलोलुपता, बेइमानीको यो भन्दा तल्लो स्तर के हुन्छ ?’...