केबल तारमा नेपाल आन्तमनिर्भर बन्न सक्ने

काठमाडौं।उद्योग विभागले गरेको अध्ययनले केबल तारको उत्पादनमा नेपाल आत्मनिर्भर बन्न सक्ने बताएको छ।विभागले सार्वजनिक गरेको ‘नेपाल आत्मनिर्भर हुन सक्ने औद्योगिक वस्तुहरुको अध्ययन प्रतिवेदन’ले केबल तारको उत्पादनमा नेपाल आत्मनिर्भर बन्न सक्ने सम्भावना देखाएको हो। नेपालमा सन् १९८० मा केबल तार उद्योगले हाल २५ प्रकारका तारहरु उत्पादन गर्दै आइरहेको छ। जसमा, केबल, दूरसञ्चार केबल, अटो केबल, विद्युतीय तार,पावर केबल्स लगायत छन्।