ओलीलाई रघुजी पन्तको प्रश्न– तपाईंको कुनचाहिँ कुरा साँचो हो प्रधानमन्त्रीज्यू ?

नेकपा प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य रघुजी पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई ढाँटेको आरोप लगाएका छन् । एउटै भाषणमा दुई परस्परविरोधी कुरा गरेको भन्दै पन्तले कुनचाहिँ साँचो हो भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरे । 'अस्ति नारायणहिटीको दक्षिण ढोकामा उभिएर दक्षिणतर्फ फर्किएर भन्नुभयो– मेरो पालामा जति विकास कहिल्यै भएन । ५ मिनेटपछि फेरि भन्नुभयो प्रचण्ड-नेपालले, बहुमत केन्द्रीय सदस्यले हातखुट्टा बाँधेर काम गर्नै दिएनन्,' पन्तले प्रश्न गर्दै भने, 'म केपी ओलीलाई सोध्न चाहन्छु, तपाईंले भनेक...