बालिका अपहरण गरी फिरौती माग्ने महिलासहित चार जना पक्राउ

जनकपुरको पुल्चोकबाट बालिका अपहरण गरी फिरौती माग्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार साँझ अपहरित बालिकालाई धनुषाको बिदेह नगरपालिका–८ वफैबाट शुक्रबार साँझ अपहरणमुक्त गराउँदै अपहरणमा संलग्न एक महिलासहित चार जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए ।