पाल्पाका युवाहरू बारीमा खटिँदै (फोटो फिचर)

पाल्पा : जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ पेलाबासका २२ वर्षीय शिव विश्वकर्मासँग सुनचाँदीका गरगहना बनाउने राम्रो दख्खल छ।बझाङको सदरमुकाम चैनपुरमा विगत ५ वर्षदेखि उनले यही काम गर्दै आएका थिए। सुनका आधुनिक गरगहना बनाउँदै आएका उनले मासिक सरदर ५० हजार रुपैयाँ कमाउँछन्।पछिल्लो समयमा दोस्रो लहरका रूपमा फैलिएको कोभिड–१९ का कारणले निषेधाज्ञा जारी भयो। उनले गर्दै आएको काम पनि रोकियो। त्यहाँ एक्लै बसेका उनी परिवारको साथ खोज्दै घर फर्किए। घर फर्किएपछि शिव काममा नै व्यस्त छन्। बारीमा मकै