सीमा विवादको ‘ग्राउन्ड जिरो’ ब्रह्मदेव : चुनावमा मात्रै यो गाउँलाई सम्झिन्छन् नेताहरु

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव निवासी गणेश सिंह महता सीमावर्ती भारतीय बजार टनकपुर नगएको तीन वर्ष भयो । सीमा क्षेत्रमै बस्दै आएका ब्रह्मदेवलगायतका स्थानीयका दैनिकी भारतीय बजारसँग गाँसिएको छ । भारतले महाकाली नदीमा बनाएको ब्यारेज हुँदै नेपालीहरु किनमेलका लागि टनकपुर बजार पुग्छन् । तर सीमामै बस्दै आएका उनले भारतीय भूमि नटेकेको धेरै भयो ।जसको प्रमुख कारण हो, नेपाल–भारत सीमा विवाद र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ज्यादती विरुद्ध आवाज उठाउँदा खेपेको मानसिक यातना । अन्याय विरुद्