नर्भिकमा पेट रोगसम्बन्धी निशुल्क ओपिडी भोलि

काठमाडौं — नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तर्गत शनिबार पेट र पाचनप्रणालीसँग सम्बन्धित समस्या भएकाहरूलाई लक्ष्य गरी अभियान सञ्चालन हुने भएको छ। नर्भिक अस्पतालका सर्जिकल ग्यास्ट्रो एन्टेरोलोजिस्ट डा सन्दीपराज कुँवरले फ्री ओपीडी सेवा दिने भएका हुन्। पेट तथा पाचन प्रणालीसँग सम्बन्धित समस्या भएकाहरूले समेत डा कुँवरको फ्री ओपीडीमा आएर स्वास्थ्य जाँच गराउन सक्ने अस्पतालले जनाएको […]