आगलागीमा जलेर बालकको मृत्यु

सप्तरीको बोदेबर्साइन नगरपालिका–१० अमरैंया टोलमा शुक्रबार आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । स्थानीय एक जनाको फुसको घरबाट सल्केर आगलागी भई पक्की घरमा सल्किँदा स्थानीय शत्रुधन यादवका आठ वर्षीय छोरा शैलेशकुमार यादवको मृत्यु भएको हो । बालक घरभित्रै रहेको अवस्थामा शत्रुधनको चारकोठे घरमा एकाएक आगो सल्किएपछि बालक घरमा भएको थाहा नभएपछि जलेर बालकको मृत्यु भएको प्रत्यक्ष दर्शीले बताएका छन् ।आगलागी नियन्त्रणमा ढिलाइ भएकोले घरभित्र रहेका बालकको ज्यान गएको बुझिएको छ। दिउँसो ३ बजे आगलागी भ

सम्बन्धित सामग्री

आगलागीमा जलेर बालकको मृत्यु

सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–१० अमरैंया टोलमा आज आगलागी हुँदा एक बालकको मृत्यु भएको छ ।  स्थानीय एक जनाको फुसको घरबाट सल्केर आगलागी भई पक्की घरमा सल्किँदा स्थानीय शत्रुधन यादवका आठ वर्षीय छोरा शैलेशकुमार यादवको मृत्यु भएको हो ।  बालक घरभित्रै रहेको अवस्थामा शत्रुधनको चारकोठे घरमा एकाएक आगो सल्किएपछि बालक घरमा भएको थाहा नभएपछि जलेर […] The post आगलागीमा जलेर बालकको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

आगलागीमा जलेर बालकको मृत्यु

बर्दियाको बारबर्दिया नगरपालिका–९ स्थित खैरेनी गाउँको एक घरमा गएराति भएको आगलागीमा परी १४ वर्षीय बालकको मृत्यु भएको छ । मंगलबार राति करिब १० बजे भएको आगलागीमा परी १४ वर्षीय दिनेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

सिन्धुपाल्चोकः आगलागीमा जलेर तीन बालकको मृत्यु

सिन्धुपाल्चोक, मंसिर ७ । जिल्लाको हेलम्बु गाउँपालिका–७ सुर्सिङमा सोमबार राती भएको आगलागीमा जलेर तीन बालकको मृत्यु भएको छ। स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनका ६ वर्षीय छोरा मनोज, सोही ठाउँका सुकमान तामाङका ५ वर्षीय छोरा मनिष, छिमेकी साइला तामाङका ५ वर्षीय छोरा दिलबहादुरको मृत्यु भएको हो । सिन्धुपाल्चोक प्रहरीका अनुसार साँझ मकैको ढोड र […]