काठमाडौं: निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको आचारसंहिता पालना नगर्नेमाथि कडाइ थालेको छ। आसन्न निर्वाचनको आचारसंहिता पालना नगरेकोमा आयोगले स्पष्टीकरण सोध्नेदेखि आवश्यक कारबाही गर्ने जनाएको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता उलङ्घन गरेको गुनासो आएकामाथि छलफल भइरहेको बताए। उनले आयोगको सम्बन्धित शाखाले आचारसंहिता उल्लङ्घन गर्ने व्यक्तिहमाथि निगरानी गरिरहेको जानकारी दिए।
कुलमान र नेत्रनाथलाई स्पष्टीकरण…