काठमाण्डाै - काठमाण्डौको नागढुङ्गाबाट धादिङको सिस्नेखोलासम्मको यात्रा कठिन बन्दै गएको छ।
सुरुङ निर्माणको काम भइरहेको तथा साँघुरो बाटो र गाडीको चाप धेरै हुने भएकाले यो क्षेत्रमा घण्टाैँ जाम हुने गरेको खानीखोला प्रहरीले जनाएको छ । घण्टौँसम्म जाम हुँदा दशैँका लागि घर फर्कनेहरु बढी समस्यामा परेका छन् ।
यो सडक खण्डमा सामान्य पानी पर्दा समेत पहिरो झरेर सडक बन्द हुने गरेको छ । पहिरो पन्छाएर सडक खुलाए पनि ठूला गाडीको धेरै ओहोरदोहोर हुने भएकाले जाम हुने गरेको छ ।
त्यसमाथि अहिले दशैँको बेला भएकाले गाडीक...