मतगणनाको प्रारम्भिक नतिजा अनुसार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनकी साझा उम्मेदवार मानुषी यमी भट्टराई चौथो स्थानमा पुगेकी छन् ।प्रारम्भिक गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले १७७ मतसहित अग्रता लिएका छन् । स्वतन्त्र उठेका यादवलाल कायस्थ १०८ मतसहित दोस्रो स्थानमा छन् ।एमालेका श्याम घिमिरे ९३ मतसहित तेस्रो स्थानमा छन् भने माओवादी केन्द्रकी मानुषी ७५ मतसहित चौथो स्थानमा छिन् ।हाम्रो नेपाली पार्टीका इन्जिनियर प्रवेन्द्र पोखरेल पाँचौ स्थानमा छन् ।