दाङ – तुलसीपुर बहुप्राविधिक शिक्षालयमा प्रि–डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ कार्यक्रममा अध्ययनरत विद्यार्थी रोशन विष्ट शिक्षालय परिसरमा खाली समयमा बेन्च बनाइरहेको भेटिन्छन्। शिक्षालयमा अध्ययन गर्ने उनका साथीहरुको समूह पनि रहेको छ। त्यही समूहले विद्यालयका लागि आवश्यक पर्ने विभिन्न ग्रीलका सामानहरु उत्पादन गरिरहेको छ। ‘पढेर बँचेको समय अनि ल्याबको समयमा हामीले विभिन्न ग्रीलका सामानहरु उत्पादन गरिरहेका छँ,’ […]