गौतमबुद्ध विमानस्थलमा रोकियो जजिराको जहाज, चरा ठोक्किएको आशंका

९ जेठ, काठमाडौं । कुवेतबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जजिरा एयरवेजको जहाज सोही विमानस्थलमा रोकिएको छ । विमानस्थलका एक अधिकारीका अनुसार जहाजमा चरा ठोक्किएको आशंका गरिएको छ । तर, धावनमार्गमा कतै पनि अवशेषहरु देखिएका छैनन् । जहाजको बाहिरी भागमा रगतको छिट्टाहरु देखिएका कारण चरा इन्जिन भित्र घुसेको छ की भन्ने आशंकामा जहाज रोकिएको […]