त्यतिवेला संसार दोस्रो विश्वयुद्धको चपेटामा थियो। अमेरिकाको क्यालिफोर्नियामा आफ्नी श्रीमती ग्रेस होसँग बस्दै गरेका ली होइ छन त्यहीँ बस्ने कि जन्मभूमि हङकङ फर्किने भन्ने दुविधामा थिए। सन् १९४० नोभेम्बर २७ मा होले ब्रुस लीलाई जन्म दिइन्। ओपेरा संगीत, अभिनय तथा फिल्म निर्देशन भविष्य खोज्दै अमेरिका पुगेका छन आफ्नो छोराको भविष्यका लागि हङकङ फर्किए। बाबुआमासँग बालक ब्रुस लीछन हङकङ पुग्दा उनका साथीहरू सक्रिय रूपमा फिल्म निर्माणमा लागेका थिए। छन फर्कनुले हङकङको सानो फिल्म उ