कपिलवस्तुमा झाडापखाला प्रकोप: वडाध्यक्षको नेतृत्वमा टोली बनाएर घर-घरमा बिरामी पहिचान गरिँदै
तीन वटा वडाका गाउँभरि झाडापखालाका बिरामी फैलिएपछि अहिले वडा अध्यक्षहरूको नेतृत्वमा नौ वटा टोली बनाएर घर- घरमा पुगी बिरामीहरूको पहिचान र उनीहरूको अवस्थाबारे जानकारी लिन थालिएको घिमिरेले बताए।
दुई जनाको ज्यान जाने र ६ सय जनाभन्दा बढी बिरामी पर्ने गरी फैलिएको झाडापखाला प्रकोपको पहिचान गर्न संकलन गरिएको दिसाको रिपोर्ट तीन दिन बितिसक्दा पनि नआउँदा नियन्त्रणमा समस्या भएको छ । मंगलबार संकलन गरिएको दिसाको नमुना बिहीबार बल्ल परीक्षणका लागि काठमाडौं पठाइएको छ ।