दिल्ली अटो मेलाको दोश्रो दिन भारतको कम्पनी ट्वान्टीटु मोटर्सले पहिलो स्मार्ट विद्युतीय स्कुटर सार्वजनिक गरेको छ। ‘फ्लो’ नाम दिइएको सो स्कुटरको मूल्य ४७ हजार ७४० भारतिय रुपैंयाँ राखिएको छ। स्कुटरमा आर्टिफिसियल इन्टेलीजेन्स (एआई) तथा एड्भान्स स्मार्ट सोलुसन सामावेश गरिएको छ जसको मद्दतले यसमा भएको टच् ड्यासबोर्ड डिस्प्लेमा अन्य सम्पूर्ण सवारी साधनका बारेमा डाटा राखिएको छ।…