अबदेखि बेन्च गठनको कुरा बहसमा नउठाऔंः न्यायाधीश खतिवडा

काठमाडौँ । प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाई गर्नको लागि गठित संवैधानिक इजलासका न्यायाधीश ईश्वर प्रसाद खतिवडाले अबदेखि बेन्च गठनको कुरा बहसमा नउठाउन आग्रह गरेका छन् । संवैधानिक इजलास सुरु भएलगत्तै खतिवडाले आफ्ना भनाइ राख्दै अबदेखि बेन्च गठनको कुरामा बहस नगर्न आग्रह गरेका हुन् ।