जनकपुरधाम । पूर्व-पश्चिम राजमार्ग निर्माणमा ढिलासुस्ती गरेको भन्दै सिरहाको मिर्चैयास्थित स्थानीय र व्यापारीहरूले आन्दोलित बनेका छन् । मिर्चैया बजारका स्थानीय र व्यापारीहरूले बिहान करिब १० बजेदेखि राजमार्ग अवरुद्ध पारेका हुन् । राजमार्ग निर्माणमा ढिलासुस्ती गर्दा समस्या झेल्नुपरेकाले आन्दोलन गर्नुपरेको स्थानीय व्यापारी अशोक साहले बताए । उनका अनुसार निर्माणमा ढिलाइ गरेको र अहिले सडक झन् बिग्रेको […]