राजीनामा दिएका सभामुखको बचाउ गर्दै मुख्यमन्त्री थापाले भने : मैले भोलि राजीनामा दिँदा म बदनाम हुन्छु र ?

विराटनगर- सभामुख बाबुराम गौतमले मंगलबार नै राजीनामा गरेपछि कोशी प्रदेश सभाको बहुमत (४७) देखाएर मंगलबार दोस्रो पटक मुख्यमन्त्री नियुक्ति भएका नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख गौतमको राजीनामाको बचाउ गरेका छन् । उनले राजीनामाका कारण गौतमको कुनै पनि किसिमले विवादित र बदनाम नहुने जिकिर गरेका छन् । ...