काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले देशमा भइरहेको अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट मुक्तिको कामना गरेका छन्। आज बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले कोभिड १९ को जोखिमलाई दृष्टिगत गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्ण रुपमा पालना गर्न सबैलाई आग्रह गरेका छन्। उनले यस्तो परिस्थितिमा नागरिक आफैं पनि सचेत हुन जरुरी रहेको औंल्याएका छन्।