काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टीमा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । आइतबार बिहान नेता पौडेल अध्यक्ष ठाकुरको निवास हात्तीवनमा पुगेका थिए । उनीहरुबीच करिब एक घण्टा छलफल भएको थियो ।शुक्रबार काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र सरकार निर्माणका लागि अग्रसरता लिने निर्णय लिएपछि पौडेलले आज ठाकुरसँग छलफल गरेका हुन् । ओली सरकार विस्थापनका लागि काँग्रेस, माओवादी केन्द्र र जसपाबीच गठबन्धन जरुरी छ ।प्रधा