२९ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शनिबार सुरु भएको एथ्लेटिक्सको पहिलो दिनमै ७ स्वर्णको छिनोफानो भयो । महिला सय मिटरमा दुई पटक राष्ट्रिय कीर्तिमान बन्यो । विभागीय टोलीको दबदबा हुँदा पनि सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा बागमती प्रदेशलाई स्वर्ण दिलाउन सफल भइन् । पहिलो दिन आर्मीले सर्वाधिक ३ स्वर्णसहित ३ रजत […]