बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन २१.४ प्रतिशतले बढ्यो

आर्थिक वर्ष २०७७/७८ मा बैक तथा वित्तीय संस्थाको निक्षेप परिचालन २१.४ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । वृद्धि भएको रकमसहित त्यस्तो निक्षेप परिचालन रु.४,६६२ अर्ब ७३ करोड पुगेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै जानकारी दिए । अघिल्लो वर्ष निक्षेप परिचालन १८.७ प्रतिशतले वृद्धि भई रु.३,८३९ अर्ब ७३ करोड रहेको थियो ।  अधिकारीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा बैक तथा वित्तीय संस्थाको निजी क्षेत्रतर्फ लगानीमा रहेको कर्जा २७.३ प्र