१ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश खारेज गर्न र अभिभावकीय संस्थाको रुपमा राजा राख्ने व्यवस्था गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन सहितका राप्रपा नेताहरुले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर २२ बुँदे ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा अभिभावकीय संस्थाको रुपमा राजा र जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्न […]