३३ वर्षमै सुके विश्वका आधा ताल, २ अर्ब मानिस जलसंकटमा

सन् १९९० यता विश्वका रहेका तालहरुमध्ये आधा भन्दा धेरै ठूला तालहरु सुकेका छन् । केही तालहरु अहिलेपनि सुकिरहेका छन् । केवल तालमात्र होइन अन्य ठूला जलश्रोतहरु पनि तिव्र गतिमा सुक्दै गएका छन् । बढ्दो तापमान र जलवायु परिवर्तनका कारण यस्तो भैरहेको छ । जलश्रोतहरु भयानक ढंगले सुक्दै जाँदा विश्वका धेरै क्षेत्रहरुमा पानीको समस्या बढिरहेको छ […]