एमसिसीविरुद्ध समाजवादीको सल्यानमा प्रदर्शन

सल्यान : नेकपा (एकीकृत समाजवादी) सल्यानको भातृ संगठनले अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता खारेजीको माग गर्दै सल्यानमा प्रदर्शन गरेका छन्। नेपाल र नेपाली जनताको हितमा परियोजना नभएको भन्दै सत्ता साझेदार समाजवादीले आइतबार प्रदर्शन गरेको हो।एमसिसी परियोजना खारेज गरौँ, गो ब्याक एमसिसी, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।बागचौर नगरपालिका –२ बागचौरमा भएको प्रदर्शनमा राष्ट्रिय हितविपरीत परियोजना आएकाले यसलाई स्विकार्न नसकिने जिल्ला सचिव रमेशक

सम्बन्धित सामग्री

लघुवित्त संस्थाविरुद्ध सल्यानमा महिलाको प्रदर्शन

लघुवित्तका कारण आफूहरु चर्को ब्याजको मारमा परेको भन्दै सल्यानको सदरमुकाम खलंगामा महिलाले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय सल्यानमा दुई घन्टा धर्ना समेत दिएका छन् । लघुवित्तले स्थानीय तथा आर्थिक अवस्था कमजोर भएका महिलाको आयस्तर उकास्नमा सहयोग पुर्‍याउने भनिए पनि उल्टै सामन्ती संस्कार विकास भएको भन्दै नाराबाजी गरेका थिए ।

चर्को ब्याजदर लगाएको भन्दै सल्यानमा आन्दोलन

सल्यान : वित्तीय संस्था तथा लघुवित्त संस्थाले चर्को ब्याज लगाएको भन्दै सल्यानका स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन्। सरकारले तोकेभन्दा बढी ब्याज लिएर आफूहरूमाथि चरम शोषण गरेको भन्दै जिल्लाको बनगाड कुपिण्डेका स्थानीय आन्दोलनमा उत्रिएका हुन्।आन्दोलनमा उत्रिएका उनीहरूले बनगाड कुपिण्डे नगरपालिकाको सल्लीबजारमा विरोध प्रदर्शन समेत गरेका छन्। लघुवित्त तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदरले आफूहरूको उठीबास हुने अवस्था आएको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन्। आफूहरूमाथिको शोषण अन्त्य नभएसम्म उनीहरुल