कञ्चनपुर : लालझाडी गाउँपालिका-१ विनवारीका रामसिंह राना उमेरले ८० वर्ष पुग्नै लागेका छन्। रानाका श्रीमती सोनावत्ती रानाको उमेर पनि ६५ वर्ष नाघ्नै लागेको छ।रानाका श्रीमती शारीरिक रूपमा अपाङ्ग छिन्। राना दम्पतीका सन्तान भने छैनन्। सम्पतिका नाममा तीन कठ्ठा ऐलानी जग्गा छ। सो जग्गामा राना दम्पतिको कच्ची घर छ। दुवै ज्येष्ठ दम्पतीलाई स्थानीय बासिन्दाले खानको जोहो मिलाउने गरेका छन्। ‘घरबासका लागि मात्रै जग्गा छ। त्यो पनि ऐलानी हो’ सोनावत्तीले भनिन् ‘कम्मरमुनिको भाग चल्दैन। खा