आफ्नो भाषालाई सरकारी कामकाजको भाषामा सिफारिस नगरेकोमा राना थारु समुदायको विरोध

धनगढी– भाषा आयोगले तयार गरेको प्रतिवेदनमा राना थारु भाषालाई सरकारी कामकाजी भाषाका रुपमा स्थान नदिएकोप्रति राना थारु समुदायहरुले आपति जनाएका छन्। कैलाली र कञ्चनपुरमा रहेका राना थारुसँग आवद्ध विभिन्न १६ वटा संघ संगठनहरुले आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारी कामकाजी भाषाका रुपमा स्थान नदिएकोप्रति आपत्ति जनाएका हुन्। सुदूरपश्चिम प्रदेशको डोट्याली र थारु भाषालाई सरकारी […]

सम्बन्धित सामग्री

रानाथारु भाषालाई सरकारी कामकाजको भाषामा नराखेको भन्दै विरोध

रानाथारु भाषालाई कैलाली र कञ्चनपुरका राना समुदायले सरकारी कामकाजको भाषामा नराखेको भन्दै विरोध सुरु गरेको छ । सुदूरपश्चिम प्रदेश को कैलाली र कञ्चनपुरमा बस्ने राना थारु समुदायले आज कैलालीको धनगढीमा विरोधसभा गरेको हो । भाषा आयोगले तयार गरेको प्रतिवेदनमा राना थारु भाषालाई सरकारी कामकाजी भाषाका रूपमा स्थान नदिएपछि राना थारु समुदाय विरोधमा उत्रिएका हुन । विरोधसभालाई सम्बोधन गर्दै राना थारु समुदायकी नेतृ प्रेम मति रानाले कैलाली र कञ्चनपुरका राना समुदायले राना थारु भाषालाई सूचीकृत गरी सरकारी भाषाको