ऐलानी जग्गा नापजाँच

कमलामाई नगरपालिकाले २ वर्षअघि सुरु गरेको नगरक्षेत्रमा रहेका सरकारी ऐलानी जग्गाको लगत नापजाँच अन्तिम चरणमा पुर्‍याएसँगै सुकुम्बासीलाई निस्सा वितरण सुरु गरेको छ । नगर क्षेत्रका १४ वटै वडामा ऐलानी तथा अव्यवस्थित जग्गा पत्ता लगाई त्यसको अभिलेख राख्न र व्यवस्थापन गर्न नापजाँच गरिएको नगरपालिकाले जनाएको छ ।

सम्बन्धित सामग्री

विराटनगर महानगरले सुरु गर्‍याे ऐलानी जग्गाकाे खाेजतलास

मोरङ- विराटनगर महानगरले महानगरअन्तर्गत रहेका ऐलानी जग्गाको खोजतलास ‍सुरु गरेको छ। शनिबार महानगरपालिकाको वडा नम्बर ११ को विभिन्न स्थानमा रहेका ऐलानी जग्गा खोज्दै जग्गा नापजाँच गरी महानगरको स्वामित्वमा ल्याउने कार्य भइरहेको मेयर नागेश कोइरालाले बताए। भेटिएका जग्गामा आउने दिनमा संरचना निर्माण गर्ने योजनामा महानगर रहेको उनकाे भनाइ छ। त्यसैगरी, वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र […]

अठ्ठाइस वर्षपछि जग्गाको स्वामित्व पाउँदा …

कञ्चनपुर, १ चैत । शुक्लाफाँटा नगरपालिका–५ का ६८ वर्षीय नन्दसिंह साउदले जग्गा नापजाँच भएको २८ वर्ष पछि जग्गाधनी प्रमाण पुर्जा प्राप्त भएकोमा निकै खुसी छन । वर्षौंदेखि चलन भोग गर्दै आएको जग्गाको जग्गाधनी प्रमाण पुर्जा पाएपछि उनी ढुक्क भएका छन् । “ऐलानी जग्गा थियो”, उनले भने, “कहिले विस्थापनमा पार्ने हुन भन्ने डर सधैँ मनमा कुरा […]

भीमदत्तमा ऐलानी जग्गा नापजाँच सुरु

कञ्चनपुरको भीमदत्त नगरपालिकामा ऐलानी जग्गा नापजाँच सुरु भएको छ। भूमिहिन सुकुमबासी, दलित र अव्यवस्थित बसोबासीलाई जमिनको स्वामित्व दिलाउनका लागि ऐलानी जग्गा नापजाँच सुरु भएको हो। मंगलबारदेखि भीमदत्त नगरपालिका ४ नम्बर वडाबाट...

कोहलपुरमा ऐलानी जग्गा नापजाँच गरिँदै

नेपालगञ्ज – कोहलपुर नगरपालिकाले ऐलानी जग्गा नापजाँच कार्यलाई तीव्र पारेको छ। भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जमिनको मालिक बनाउन जग्गा नापजाँचलाई तीव्रता दिइएको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए। मंगलबारदेखि कोहलपुर नगरपालिका वडा नम्बर १२ मा पनि ऐलानी जग्गा नापजाँच सुरु भएको छ। अव्यवस्थितमा फारम भरेका र बाँकी खाली रहेको ऐलानी जमिन […]

बेलडाँडीमा ऐलानी जग्गा नापजाँच सुरु

कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा ऐलानी जग्गा नापजाँच सुरु गरिएको छ। बेलडाँडी गाउँपालिकाले बुधबारदेखि ऐलानी जग्गा नापजाँच सुरु गरेको हो। भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउनका लागि जग्गा नापजाँच सुरु...

स्थानीयले पक्रेर प्रहरीलाई बुझाए

सर्लाहीको उत्तर–पूर्वी भेगस्थित ईश्वरपुर नगरपालिका–१२, कालिञ्जोरमा अज्ञात मानिसहरू गाउँमा आएर एक्कासि जग्गा नापजाँच गर्न थालेपछि स्थानीयले उनीहरूलाई पक्राउ गरी प्रहरीमा बुझाएका छन्। भूमिसुधार र नापी कार्यालयको अभिलेखमा खयरमाराखोर भनी उल्लेख रहेको कालिञ्जोरस्थित दोङखोरिया क्षेत्रमा जग्गा नाप गर्न आएका सात जनालाई गाउँलेहरूले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन्। आफूहरूले तीन पुस्तादेखि भोगचलन गर्दै आइरहेको ऐलानी जग्गा एक्कासि देख्दै नदेखेको मानिस आएर जग्गा नाप्ने, फोटो खिच्ने, भिडियो बनाउनेजस्ता गतिविधि गर्न थालेपछि स्थानीयहरू भेला भएर नियन्त्रणमा लिएका हुन्।