चीनको अनियन्त्रित रकेट हिन्द महासागरमा खस्यो

चीनले अन्तरिक्षमा पठाउँदा अनियन्त्रित बनेको रकेट माल्दिभ्स नजिकै हिन्द महासागरमा खसेको छ। रकेटको अधिकांश हिस्सा वायुमण्डलमै जलेको र केही भाग महासागरमा खसेको बीबीसीमा उल्लेख छ। चीनको स्पेश इञ्जिनियरिङका अनुसार लङ मार्च ५बी नामक सो रकेट हेनान द्वीपबाट अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) तर्फ प्रक्षेपण गरिएको थियो। यो रकेटले चीनको इन्टरनेशनल स्पेश स्टेशनको प्रमुख मोड्यूललाई पृथ्वीको तल्लो कक्षतर्फ लैजाँदै थियो। रकेट अनियन्त्रित बनेपछि यो रकेट बसोबास रहेको क्षेत्रमा गिर्नसक्ने भ